अब समय नदिने पालो स्वस्तिमाको

अभिनेत्री स्वस्तिमा खड्काको माग फिल्म बजारमा बढेपछि उनी आफूले काम गरेको फिल्मको पब्लिसिटी भन्दा छायांकनको काममा व्यस्त हुन थालेकी छिन् । नाई नभन्नु ल ५ फिल्मले सुपरहिटको व्यापार  गर्दा पनि स्वस्तिमाको अनुहार कमै देखियो । स्वस्तिमाले यो फिल्मको लागि पब्लिसिटीमा  पनि समय दिन नभ्याएकी नै हुन् ।

फिल्म छक्का पन्जा ३ को गीतले १ करोड भ्यूज पाउँदा पनि स्वस्तिमा आइनन् । स्वस्तिमा फिल्मको सुटमा व्यस्त भएकाले नआएको भन्दै निर्देशक दिपाश्री निरौलाले उनलाई शुभकामना दिइन् ।

फिल्म जय भोलेकी एक मात्र अभिनेत्री रहेकी स्वस्तिमा यसको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा पनि आइनन् । स्वस्तिमाले नभ्याएपछि बरु निर्देशक अशोक शर्माले उनका श्रीमान् निश्चल बस्नेतलाई कार्यक्रममा बोलाए ।

स्वस्तिमासँग फिल्मको पब्लिसिटी  गर्ने समय नभएको देखिएको छ । फिल्म धेरै साइन गरिदिदा कलाकारले फिल्मको प्रचारमा समय दिन पाउँदैनन् । अब, समय दिन नभ्याउने पालो स्वस्तिमाको हो ?