माघ १८ मा फिल्म ‘सयकडा दश’

सनिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्म ‘सयकडा दश’ को रिलिज डेट सार्वजनिक गरेको छ । फिल्म माघ १८ गतेबाट रिलिज हुने भएको हो । ‘भ्रष्टाचारविरुद्ध सदाचार’ सन्देश बोकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको अभिनेता राजाराम पौडेल अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगायतको अभिनय रहेको छ । फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् भने फिल्मका सह निर्माता साजन थापा हुन् ।