फिल्म ‘पेशा’ शुभ मुहुर्त

- मेराेफिल्म

समसामयिक, राजनीतिक तथा चेलिबेटी बेचबिखनको कथा समेटेर फिल्म ‘पेशा’ बन्ने भएको छ । हरितालिका तीजको अवसर पारेर बुधबार काटेश्वर महादेवस्थानमा फिल्मको शुभ मुहुर्त गरिएको छ । फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामांग, अनिता रसाइली लगायतको अभिनय रहनेछ ।

टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहने फिल्ममा टिकाराम रखालको कथा, जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, रहनेछ । विश्वदिप घिमिरेको निर्देशनमा फायर ईन्टरप्राइजेज प्रा.लिको ब्यानरमा बन्ने फिल्ममा रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहनेछ ।

२०७५ भदौ २८ गते १५:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *