फ्राइडे रिलिजमा ‘साली कसको भेनाको’

कमेडी जनराको फिल्म ‘साली कसको भेनाको’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुङ, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कोरियोग्राफी रहेको छ । फिल्मलाई भद्र भूजेलले निर्देशन गरेका हुन् भने सम्पादन बनिष शाहको रहेको छ ।