‘बादशाह जुट’को काफल पाक्योमा प्रियंका र सुशील

- मेराेफिल्म

फिल्म ‘बादशाह जुट’ को काफल पाक्यो गीतको छायांकन सम्पन्न भएको छ । मेलिना राई र राजन राज सिवाकोटीको आवाज रहेको गीतमा डी पि खनालको शब्द रचना तथा कृष्ण भारध्वजको संगीत रहेको छ । प्रियंका कार्की र शुसिल श्रेष्ठले गीतमा कम्मर मर्काएका छन् । गीत चाडै नै रिलिज हुने निर्माण पक्षले बताएको छ ।

‘बादशाह जुट’मा बडीबिल्डर हिरोको छबी बनाएका सुशिल श्रेष्ठसँगै प्रियंका कार्की, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म एच एण्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पोखराको सिन प्याकअप गरेको फिल्म यूनिटले अब काठमाडौंमा केहीसिन खिचेर मुम्बई जानेछ । फिल्मलाई जोनी सिंह राणाले निर्देशन गरेका छन ।

२०७५ भदौ ३० गते १२:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *