फिल्म निर्जलाको गीत ‘यसपालीको दशैंमा’

फिल्म निर्जलाको गीत सार्वजनिक भएको छ । बाबुल गिरी तथा सुजता बर्मा स्वरबद्ध गीत ‘यसपालीको दशैँमा’ सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना तथा संगीत बाबुल गिरीको रहेको छ भने फिल्मका मुख्य कलाकार किशोर खतिवडा तथा शुभेच्छा थापाको दमदार नृत्य रहेको छ ।
फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ । फिल्म लभ, कमेडी र एक्सन मिक्स गरि बनाइएको छ । राजु गिरीको निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । फिल्ममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया