दुई राजाको कथा ‘बादशाह जुट’

फिल्म ‘बादशाह जुट’को छायाङ्कन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली चौरमा ‘बादशाह जुट’मा समावेश लोक फ्लेवरको गीतको छायांकनसँगै फिल्मको इण्डक्ल्याप गरिएको हो । निर्देशक जोनी सिंह राणाका अनुसार वैशाख १० गतेबाट छायांकन सुरु गरिएको फिल्मको एक गीत छायांकन गर्न बाँकी रहेको छ ।

फिल्मको इण्डक्ल्यापसँगै रिलिज डेट समेत फाइनल गरिएको छ । अब यो फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल रिलिज हुने निर्माण युनिटको भनाई छ । फिल्मका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै फिल्म एकदमै राम्रो बन्ने विश्वास व्यक्त गरे ।

‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ भने चर्चित नायिका प्रियंका कार्की विषेश भुमिकामा देखिने छिन् । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।