दोश्रो पटक प्रदर्शन मिति सार्दै मङ्सिर ७ मा ‘ड्रिम गर्ल’

फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शन डेट दोस्रो पटक सरेको छ । फिल्मको रिलिज डेट पहिलो पटक असार २९ तोकिएको थियो । तर फस्टलुक पोस्टर सार्वजनीक गर्दै निर्देशक ऋषिराज आचार्यले फिल्म असोज १९ गते प्रदर्शनमा आउने जानकारी दिएका थिए । उक्त मितिमा समेत टेक्निकल समस्याका कारण हलमा फिल्म नआउने बताउदै निर्माण टिमले प्रदर्शन मिति दोसो पटक सरेर मङ्सिर ७ बाट प्रदर्शनमा आउने बताएको छ ।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्माता ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन् ।