मनका गायक रामकृष्ण ढकालको ‘चरित्र’ (भिडियो)

मनका गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘चरित्र’को भिडियो सार्वजनिक भएको छ । मनिष बशिस्टको शब्दमा पुरुषोत्तम सुवेदीको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा शान थापाको निर्देशन रहेको छ । थापा पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त र रुचाइएका निर्देशक हुन् ।

नेपाली संगीतको क्षेत्रमा हजारौँ कर्णप्रिय गीतहरु पस्किसकेका गायक ढकालकै स्वयम र मोनालिशा शर्मा र बिकाश लामिछानेको अभिनय रहेको उक्त भिडियोलाई अनिल के मानन्धरले छायाङ्कन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादान रहेको छ भने कोरियोग्राफी राजिब समरले गरेका छन् ।