‘ड्रिम गर्ल’ ट्रेलरसँगै निर्माण टिमद्वारा दुई फिल्म घोषणा

एक कार्यक्रमका बीच निर्माण टिमले फिल्म ‘ड्रिम गर्ल’ ट्रेलर रिलिज गरेको छ । यस अघि फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक भएसँगै निर्देशक ऋषिराज आचार्यले दुई नयाँ फिल्म ‘द्रौपदी’ र ‘चुरीफुरी’ निर्माण घोषणा गरेका छन् । दुवै फिल्म आर बि मुभिज र रील एण्ड रियल सिनेमाको ब्यानरमा बन्ने छन् । यी दुई फिल्मका लागी कलाकार भने फाइनल भै सकेका छैनन् ।


फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्माता ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन् । फिल्म मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने छ ।