‘राधा २’मा प्रियंका र आयुष्मान पछि विशाल खरेलको इन्ट्री

फिल्म ‘राधा २’का लागि प्रियंका कार्की र आयुष्मान देशराज जोशी फाइनल छन् । फिल्मको लागी एक नयाँ कलाकार चाहिएको निर्मण युनिटले बताउदै आएको थियो । अब भने फिल्मको लागि नयाँ कलाकार पनि तय भइसकेको छ ।

योगेश घिमिरेको निर्देशनमा बन्न राधा २ बाट अमेरिकामा बस्दै आएका विशाल खरेलले डेब्यु गर्दैछन्। विशाल राम्रो डान्सर र प्रतिभावान व्यक्तित्व भएका कारण फिल्ममा लिएको निर्देशक घिमिरेको तर्क छ । ‘विशाल राम्रो डान्सर हो । नयाँ कलाकारलाई ठाउँ दिनुपर्छ भन्ने भएर विशाललाई फिल्ममा लिएको हुँ’, घिमिरेले भने । विशाल अहिले फिल्मकै लागि नेपाल आएका छन् ।

म्युजिकल लभ स्टोरी फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् । कात्तिक ८ गतेबाट छायांकनमा जाने फिल्मलाई संजय न्यौपानेको निर्माण गर्नेछन् ।