‘दि कर्मा’ को आइटम गीत ‘जवानीको बजार लाग्या छ’

फिल्म ‘दि कर्मा’मा समावेश आइटम गीत ‘बजार लाग्या छ’ सार्वजनिक भएको छ । भिडियोमा फिल्मका कलाकार नीता र नायक करण वर्माको नृत्य छ । भिडियोमा नायिका परमिता आर एल राणा, कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत र मनिषा पोखरेलको स्वर रहेको छ । भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । जय रायको लगानीमा बनेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन छ । फिल्म मंसिर ७ गतेबाट रिलिज हुदैछ ।