चङ्गामा उड्दै ‘चङ्गा चेट’ कलाकार

यस अघि २ गीत ‘गोजीमा दाम छैन’ र ”ढल्की ढल्की नाचन’ रिलिज गरेको फिल्म ‘चङ्गा चेट’ निर्माण टिमले फस्ट लुक पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मका मुख्य कलाकारलाई उडेको चंगा भित्र राखिएको छ । कार्तिक १६ बाट प्रदर्शनमा आउने फिल्म चंगा चेट माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण तथा दिपेन्द्र के खनाल निर्देशनमा तयार भएको हो ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायत फिचर्ड छन् भने निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन् । फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।