अछुतो रहेनन्, संगीतकार सापकोटा

नेपाली फिल्मी संगीत तथा सुगम संगीतको क्षेत्रमा बसन्त सापकोटा परिचित नाम हो । उनका तिमिलाई देखेपछी आई लभ यु सिरैमा सिरबन्दि, कम्मर माथि पटुकि लगायत कैयौ गीत दर्शक स्रोताको मन मस्तिस्कमा बस्न सफल छन् । उनलाई चर्चा कमाउन प्रोपोगान्डाको पछि लाग्न पर्ने आवस्था छैन । उनको संगीतकै कारण विश्व भरका नेपाली गीत संगीतका पारखीहरुले उनलाई सम्झिने गर्छन् । १० रुपैया नभएर रत्नपार्क नआई कोठामै दिन बिताएको लगायतका आर्थिक संघर्षलाई  छिचोल्दै उनी आजको अवस्थामा आईपुगेका हुन् ।

गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएर पहिलो चरणबाटै बाहिरिएका झक्कड़ थापा सामाजिक संजाल प्रयोगकर्ता नेपाली बीच परिचित नाम हो । नेपाल आइडलमा तहल्का मच्चाउन नसके पनि सामाजिक संजालमा उनी भाइरल बने । केहि समयको चर्चा पछी सेलाएका झक्कड़ नेपाल आइडलको दोस्रो सिजन सुरुवातसँगै पुन चर्चामा आएका छन् । उनको गायन क्षमताका कारण भन्दा पनि निर्दोष निश्चल लाग्ने प्रस्तुतिका कारण उनी चर्चामा रहे । कहिले फिल्म खेल्ने भनेर त कहिले विभिन्न टेलीशृंखला त कहिले इन्टरभ्युका कारण उनी नेपाली सामाजिक संजाल प्रयोगकर्ता माझ छाइरहेका छन् ।

यी दुई बसन्त सापकोटा र झक्कड़ थापाको संयुक्त प्रयासमा एक गीत सार्वजनिक भएको छ । ‘भेरी सेती’ बोलको लिरिकल भिडियोमा झाक्कड़ थापाको आवाज रहेको छ । बसन्त सापकोटाको संगीत रहेको गीत दिनेश थपलियाले लेखेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीत बसन्त सापकोटाको आफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अशोक दर्जी, रविना बादी, नरेश पातली, झक्कड़ थापा यी चारको चर्चा गर्दा आफैँले केहि गर्न नसक्ने भन्दै कोहि व्यक्ति बिशेष, संगठन तथा संचार माध्यामले धेरै नै स्थान दिदै आएका छन् । उनीहरुको दैनिक जीवन लवाइ खवाई जिवन यापनमा बृहत्तर परिवर्तन भएको पनि छ । यी चारै जना गीत संगीतको क्षेत्रमा केहि गर्न चाहन्छन् । कसैको गीत रेकर्ड भैसक्यो भने कसैको रेकर्डको क्रममा छ । संचारमध्यमहरुले समय समयमा सांगीतिक आकासको आगामी तारा भन्दै प्रचार प्रसार समेत गर्दै छन् । संगीतको बिषय मात्रै नभएर उनका दैनिक जीवन र परिवार समेत समाचारको बिषय बनाइदै आएका छन् ।

यहि क्रममा बसन्त सापकोटाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक झाक्कड़ थापाको आवाज रहेको गीत ‘भेरी सेती’ ले झाक्कड़लाई समेत केहि हद सम्म भने चर्चा कमाउन सहायता गर्न सक्ला । संगीतकार बस्नेतले आफ्नै च्यानल मार्फत आफ्नै संगीतमा थापालाई चान्स दिनुको मतलब के होला ? कतै सापकोटा पनि चर्चाको पछी लागेका हैनन् ? उनी आफैँ आफ्नै कामले चर्चित त छदै नै छन् । यो अवस्थामा झक्कड़ थापालाइ प्रयोग गर्नुको अर्थ नेपाली संगीत पारखीहरुले कस्तो किसिमले लिने ? चर्चाको पछी लाग्दै गर्दा उल्टो ट्रोलको सिकार बन्न पर्ने र नकारात्मक टिप्पणी आउन सक्ने सम्भावनाको बारे सापकोटाको भनाइ के छ त ? यी सबै प्रश्नको उत्तर समयले नै देला ।