‘पुरानो बुलेट’ टिजर सार्वजनिक

फिल्म ‘पुरानो बुलेट’ को टीजर सार्वजनिक भएको छ । टीजरमा बुलेट बाइकको स्टण्ट देखाइएको छ । अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्ममा उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु रहेका छन् ।

समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई आउँदो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ । फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले यो फिल्म निर्देशन गरेका हुन् ।