सेलिब्रेटी जसले आफैं मृत्यु रोजे
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नेपाली संगीत, चलचित्र, मोडलिङ्ग अथवा भनौ नेपाली रङ्गकर्मका पाना पल्टाउदै जाने हो भने सुख-दु:ख दुबै भेटिन्छन् । सुख यसर्थ लाग्छ कि यस क्षेत्रले धेरै सन्तान जन्माएको छ र दु:ख यसर्थ लाग्छ कि तिनै सन्तानहरुले छोटो समयमा नै यस क्षेत्रलाई छोडेर मृत्युलाई अङ्गाल्न पुगेका छन । रङ्ग कर्ममा लागेर मृत्युको बाटो रोजेका केही नेपाली सेलिब्रेटीहरु :
आलोक नेम्वाङ (निर्देशक)नेपाली चलचित्र वा संगीत क्षेत्रमा रुचाइएका निर्देशक हुन आलोक । अमेरिकाबाट थिएटर र फिल्म मेकिङ पढेर नेपाल फर्किएपछी २०५५ सालमा इमेज च्यानलमा भि.जे का रुपमा आफ्नो करिअर सुरु गरेका आलोकले गायक नबिन के भट्टराईको गीत लाखौं पटकबाट निर्देशन यात्रा सुरु गरेका थिए । चलचित्र नुमाफुङमा अभिनयसमेत गरेका उनले निर्देशन गरेको पहिलो नेपाली चलचित्र सानो संसार थियो । कोहि मेरो हुँदै उनले निर्देशन गरेको तेश्रो चलचित्र अझै पनि प्रदर्शन हुन नपाउदै उनले मृत्युलाई अङ्गाल्न पुगे । उनले आफ्नै अपार्ट्मेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको अपार्ट्मेन्टबाट “रोइ रोइ बाच्नु भन्दा मरेकै बेस” लेखिएको सुसाईड नोट भेटिएको थियो।
ज्योति खड्का (नायिका)
लक्की सेभेन, कसले बनायो माया, मेरो माया तिमीलाई, जङ्गल क्विन, अचानक लगायतका चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेकी नायिका खड्का आफ्नै रुममा सलले झुन्डिएको अवस्थामा भेटिएकी थिईन। उनले आत्महत्या गर्नु भन्दा १ बर्ष अगाडि हास्य कलाकार प्रकाश ओझासँगको सेक्स टेप सार्वजनिक भएको थियो । प्रकाश र ज्योति ले “तिते करेली” नामक हास्य टेलिसिरियलमा सँगै अभिनय गरेका थिए ।
श्रीषा कार्की (नायिका)
जन आस्था नामक पत्रिकामा नग्न तस्बिर सार्वजनिक भएपछी श्रीषाले २४ बर्षको उमेरमा आत्महत्या गरेकी थिईन । भनिन्छ उनलाई एक ब्युटी सैलुन कि महिलाले नाङ्गै हुने गरेको भनेर अपमान गरेकी थिईन । यही कारण बिहे गर्ने पक्का भैसकेको उनको सम्बन्ध समेत छुटेको थियो । सुख दु:ख, सोल्टिनी, माया गर्छु म, मोहनी लाग्ला है लगायतका चलचित्रमा अभिनय गरेकी उनको आत्महत्या प्रकारणले मिडियामा ठुलो स्थान पाएको थियो र तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले दोषी माथि कारबाही गर्ने अश्वासन परिवारलाई दिएका थिए ।
कुल पोख्रेल (पप गायक)
नेपाली पप संगीतमा छोटो समयमै स्थापित कुल पोख्रेलले नेपाली पप संगीतलाई उचाईमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन । उनले १९९९ मा साङ्गितिक करियर सुरु गरेका थिए । यसपाली दसैंमा, बोलाँउदा खेरी बोल्दिनौ लगायत हिट गित नेपाली पप संगीतलाई दिएका उनलाई परिवर्तनकारी पप गायक मानिन्छ । उनले द यूनिटी ब्यान्ड, बादल प्रसाई (झिल्के बादल), सुगम पोख्रेल लगायतसँग सहकार्य समेत गरेका थिए। डक्टरको भनाई अनुसार ड्रग ओभर डोज भएर उनको मृत्यु भएको थियो ।
अनिल अधिकारि (यम बुद्ध)
साथी, आमा, यो प्रसङ्ग, अन्त्यको सुरुवात लगायतका बहुचर्चित गितका गायक र्यापर यमबुद्धले लण्डनस्थित आफ्नो निवासको बाथरुममा झुन्डिएर आत्महत्या गरेका थिए । उनी नेपाल कै पहिलो र्याप ब्याटल शो र बार्जका निर्माता तथा संचालक थिए । यमबुद्धलाई नेपाली र्यापका बाद्शाह भन्नेहरु धेरै छन । उनले र्याप पनि नेपाली संगीत भित्रको एक अभिन्न अङ्ग हो भन्ने स्थापित गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

प्रतिक्रिया