निःसन्तान विपिन-नम्रता, निश्चलको चलखेल (‘प्रसाद’ ट्रेलर)

फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । चर्चित साङ्गीतिक रियालिटी शो नेपाल आइडल मार्फत फिल्मको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्न फिल्मका निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत कार्यक्रममा पुगेका थिए ।

निःसन्तान दम्पतीको कथा समेटिएको फिल्मको सार्वजनिक ट्रेलरमा सन्तान हुँदा पती र पत्नी (अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ) बिचमा उत्पन्न हुने मनमुटाव संगै सामाजले हेर्ने दृष्टिकोण देखाइएको छ । निःसन्तान हुँदा उत्पन्न हुने मानसिक तनाव परिवारमा बिस्पोट हुन थालेपछी हुने बाहिरी चलखेलले कस्तो परिस्थिती निम्त्याउन सक्छ भन्ने ट्रेलरले प्रस्टाएको छ । ट्रेलरमा निःसन्तान रहेका विपिन-नम्रताको दाम्पत्य जीवनमा अभिनेता निश्चल बस्नेत भिलेन बनेका छन् ।

फिल्म ‘प्रसाद’को कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । यस अघी सार्वजनिक फिल्मको लै लै बोलको गीतले उत्कृष्ट प्रतिकृया पाएको थियो भने दोश्रो सार्वजनिक गीत ‘बनकी चरी’ले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । सुभाष थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।