आशिरमानको काखमा शिल्पा

फिल्म ‘द ब्रेकअप’ निर्माण टिमले फल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । आगामी पौष २७ बाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक भएको पोस्टरमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई प्रेमिल मूडमा देख्न सकिन्छ । रेड ब्याकड्रपको थिममा सार्वजनिक पोस्टरले निरन्तर रिलिज हुँदै आएका नेपाली फिल्मका पोस्टरहरु भन्दा केहि फरक स्वाद पस्केको छ । अन्य कलाकार भने पोस्टरमा समावेश छैनन् ।

हेमराज बिसी निर्देशित फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको ुदि ब्रेकअपुमा सुरेन्द्र पौडेलको सम्पादन छ ।