अनुग्रहको गीत ‘यो जीवनमा’ सार्वजनिक

फिल्म ‘अनुग्रह’ को गीत ‘यो जीवनमा’ सार्वजनिक भएको छ । केहि दिन अघि ट्रेलर सार्वजनिक गरेको निर्माण टिमले प्रचारप्रसार लाइ तिब्रता दिदै फिल्मको गीत सार्वजनिक गरेको छ । गीतमा कमल रसाइली र अनिशा मैनालीको स्वर रहेको छ भने शब्द तथा संगीत ‘दोशी’ नविन सुब्बाले गरेका छन् ।

एल भी सिने मेकर्स र अनुराग फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्देशन कुमार केसीले गरेका हुन् । फिल्ममा सुबाश मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, संजय न्यौपाने, राज गिरी, क्रिस्टिना राइ, दीपशिखा शिलवाल लगायतको अभिनय रहेको छ । बिक्रम डी सीको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्ममा शंकर थापाको संगीत तथा पदम तामांगको कोरियोग्राफी रहेको छ । सन्तोष खवासको निर्माण रहेको फिल्म यहि कार्तिक ३० बाट प्रदर्शनमा आउदै छ  ।