फेरिँदै बर्षाको फिगर

एक समय थियो जब अभिनेत्री बर्षा राउत म्युजिक भिडियोमा चल्तीकी मोडल थिइन् । सन २०१३मा ‘रोजेको मैले’ बोलको गीतको भिडियोमा अभिनय गरेसंगै उनको रङ्ग कर्म सुरु भएको थियो । धेरै म्युजिक भिडियोमा अभिनय गरे पनि उती सारो चर्चा कमाउन नसकेकी उनले गायक प्रकाश तिम्सिनाको ‘खली’ बोलको गीतको भिडियोमा गरेको अभिनयले निकै तारिफ पाएको थियो । तत्पश्चात उनले पछाडी फर्केर सायदै हेर्नु परेको होला ।

२०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेपछी सन् २०१६ मा फिल्म अभिनय सुरु गरेकी थिइन् । नाई नभन्नु ल ४ उनको डेब्यु फिल्म थियो । डेब्यु फिल्मको सफलतासंगै उनको अर्को हिट फिल्म ‘छक्का पन्जा २’ले उनको चर्चा झनै चुलाइदियो । पछिल्लो समय उनी नेपाली फिल्म क्षेत्रकि ब्यस्त नायिकाको रुपमा परिचित छिन् ।

फिल्ममा अभिनय गर्दा गर्दै स्लिम बर्षाको फिगरले अर्को परिचय बनायो ‘मोटी बर्षा’ । खानाको सौखिन बर्षा जे मन लाग्छ त्यही खान्छु भन्ने गर्थिन । जे मन लाग्यो त्यही खाएर पनि होला बर्षाको फिगर पनि बाक्लिन थाल्यो । उनको मोटोपनको कतिपय अवस्थामा आलोचना पनि हुने गरेको थियो ।

लामो समयको मोटोपन पछी अहिले भने बर्षाको सोच फेरिएको छ । उनी आफ्नो गुमेको स्लिम फिगर फिर्ता ल्याउने कोशिषमा छिन् । जिम अहिले उनको डेली सेड्युलमा पर्छ । केही महिना अगाडी र अहिलेको बर्षाको फिगरमा धेरै परिवर्तन आइसकेको छ । ‘पहिले आफुलाई मन परेको मन लागे जति खानुपर्छ भन्ने सोच थियो । तर, खाए अनुसार नै मोटाउन पनि थालेँ । मेरो मोटोपनलाई लिएर मेरा शुभचिन्तक देखि फिल्म इन्डस्ट्रीकी साथीहरुबाट पनि नकारात्मक कुराहरु आउन थाल्यो । आफैले सोचे, सायद म मा नै केही कमजोरी होला भनेर । त्यसपछी अहिले मेन्टेन गर्ने प्रयासमा छु’, बर्षाले भनिन् । जे होस् ढिलै भएपनि बर्षले एक नायिकाको लागि चाहिने महत्वपुर्ण पाटो ‘फिगर मेन्टेन’लाई बुझेकी छिन् । अभिनयमा उनको जति चर्चा भइरहेको फिगरको पनि त्यतिनै हुने आशा अब गर्न सकिन्छ ।