हेमराजको फिल्ममा प्रदीप र साम्राज्ञी !

डिस होमको विज्ञापनमा सँगै देखिएसँगै प्रदीप खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई पर्दामा सँगै देखाउने धेरैको चाहाना थियो । धेरै निर्माता दुवैलाई सँगै खेलाउने दौडमा थिए । तर यो दौडमा हेमराज बिसीले बाँकीलाई उछिनेका छन् । उनले निर्देशन गर्ने आगामी फिल्ममा प्रदीप र साम्राज्ञीको जोडी देख्न सकिन्छ ।

समाचारको पुष्टि हुन बाँकी नै छ तर प्रदीपले हेमराज बिसीको निर्देशनमा फिल्म गर्ने समाचार केही समय अघि नै बाहिरिएको थियो । यता साम्राज्ञीले पनि पुनम गौतमले निर्माण गर्न लागेको अनटाइटल फिल्मसँगै हेमराजको फिल्म साइन गरेको स्रोतको दाबी छ । साम्राज्ञीले फिल्मको अफर लिएर जाने निर्मातालाई आफूले यो सालका लागि दुइटा फिल्म साइन गरिसकेको बताएर फर्काउने गरेकी छिन् । खबरका अनुसार उनीहरु दुबैले फिल्म साइन गरिसकेका छन । यध्यपी फिल्म निर्माण यूनिटले यसको औपचारिक घोषणा भने गरेका छैनन् ।