जाइरा कि प्रसादको प्रचार ?

नम्रता श्रेष्ठलाई भूमिकामाथि न्याय गर्न सक्ने अभिनेत्री भनेर चिन्दा हुन्छ । अरु, अभिनेत्री जस्तो उनलाई युटुबको ट्रेन्डिङमा रमाउनु पनि छैन, संचारमाध्यममा अनावश्यक बिषयमा गफिनु पनि छैन । आफ्नो भूमिकामा लागि दत्तचित्त भएर लागे पुग्यो ।

यही भएर पनि होला, नम्रतालाई बाहिर खासै भेटिदैन । फिल्म रिलिज हुने बेलामा झुल्कने नम्रता त्यसपछि खै कुन कुना पस्छिन् पस्छिन् ।

तर, अहिले नम्रतालाई एउटा समस्या छ । उनले अभिनय गरेको प्रसाद र जाइरा रिलिजको लाइनमा छ । प्रसादमा उनी श्रीमतिको भूमिकामा छिन्, जाइरामा बक्सर ।

उनले जाइराका लागि कपाल मुडुलै बनाउँदा प्रसादमा नक्कली कपाल लगाउनुपरेको थियो । अहिले नम्रताले आफ्नो सामाजिक संजालमा पोष्ट गर्ने फोटोमा उनको पलाउँदै गरेको छोटो कपाल मात्र देखिन्छ । यसले नम्रतालाई प्रसादको पब्लिसिटी गर्न समस्या परेको छ । प्रसादको पब्लिसिटीका लागि नक्कली कपाल लगाएर हिड्न पनि सधै गाह्रो । आफ्नो ओर्जिनल कपाल नै राखुँ भने जाइराको प्रचार हुने ।

नम्रतालाई जाइरा र प्रसादले समस्या पार्नु पारेको छ । आखिर, गर्ने त गर्ने के नम्रताजी ?