‘सयकडा दश’ को ‘दाइलाई कुरा लाइदिनी’

फिल्म ‘सयकडा दश’ को गीत ‘दाइलाई कुरा लाइदिनी’ सार्वजनिक भएको छ । रामशरण पाठकको शब्दमा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा फिल्ममा मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल लगायत फिचर्ड छन् ।

‘भ्रष्टाचारविरुद्ध सदाचार’ भन्ने सन्देश बोकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा मनोज गजुरेल र राजाराम पौडेलको समेत मुख्य भूमिका रहेको छ । दर्शन नेपाल क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगायतको अभिनय रहेको छ । फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् भने फिल्मका सह-निर्माता साजन थापा हुन् । फिल्म माघ १८ गतेबाट रिलिज हुनेछ ।