‘राज्जा रानी २’ सहित पौडेलका तीन फिल्म

निर्माता रमेश एमके पौडेलले ‘राज्जा रानी २’ सहित तीन फिल्म निर्माण घोषणा गरेका छन् । बाकी दुई फिल्मको नाम भने फाइनल भईसकेको छैन । यही फागुनदेखि फ्लोरमा जानेगरी तीन वटा फिल्मको स्क्रिप्टको काम भैरहेको निर्माता पौडेलले जानकारी दिए । फिल्ममा निर्देशन तथा सम्बाद याम थापाको रहने छ भने फिल्मको कथा निर्माता पौडेल कै रहने छ ।

फिल्म निर्माणसँगै निर्माता एमके पौडेलले फिल्मको डिजिटल राइट्स पनि लिन सुरु गर्ने बताए । उनले भने, ‘हामी बोधी एचडी मार्फत नेपाली र हिन्दी फिल्मलाई मोबाईल एपमा ल्याउँदैछौं ।’ यो प्रविधिले नेपाली फिल्मको प्रवद्र्धनमा सघाउ पुर्याउने उनको विश्वास छ ।