माघ २५मा ‘न यता न उता’

फिल्म ‘न यता न उता’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म माघ २५ बाट प्रदर्शनमा आउने भएको छ । यस अघि फिल्मको गीत र टिजरसार्वजनिक भएको थियो ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य देशि विदेशी कलाकारहरुको अबिनाया रहेको छ । फिल्म ‘न यता न उता’ लाई रिना लामाले निर्माण गरेकी हुन् ।