१२ वर्ष पछी ‘ए मान्छे’ लिएर फर्किए सचिन

१२ बर्ष पछी गायक सचिन रौनियार ‘ए मान्छे’ बोलको गीत लिएर पुन नेपाली संगीत क्षेत्रमा फर्किएका छन् । बिहिवार राजधानीमा एक कार्यक्रमका बीच ‘ए मान्छे’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा जितेन लेप्चाको संगीत तथा प्रकाश सापकोटाको शब्द रचना रहेको छ ।

सुब्रत राज आचार्य निर्देशित भिडियो निकै पृथक बनेको छ । अनेकतामा एकता थिममा निर्माण भएको भिडियोमा संजय श्रेष्ठ, भिम तुलाधर र बबिन प्रधान अतिथी भूमिकामा देखिएका छन् । भिडियोको कन्सेप्ट जया शर्माको हो । गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियोमा छायांकन उत्सव दाहाल र बिजय बस्नेतको रहेको छ भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

सार्वजनिक गीत तथा नेपाली संगीतमा कमब्याकको बारे बोल्दै गायक रौनीयारले भने ‘१२ बर्ष पछि फेरी नेपाली संगीतमा फर्किएको छु ‘ए मान्छे’ लिएर । पहिले जस्तै अहिले पनि दर्शक श्रोताको माया पाउनेमा आशावादी छु ।’ २०४३ सालबाट सांगीतिक यात्रा सुरु गरेका रौनियारका ८ वटा सोलो एल्बम सार्वजनिक भैसकेका छन् भने ६ वटा कलेक्सन एल्बम बजारमा आएका छन् ।