घनचक्करको गीत ‘दाईको सालो’ सार्वजनिक

फिल्म घनचक्करको गीत ‘दाईको सालो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत साथै नरेन खड्का र कस्मिरा लामा फिचर्ड छन् । गीतमा राजेश पायल राई र मण्डवी त्रिपाठीको आवाज रहेको छ भने शब्द तथा संगीत बिपिन आचार्यको रहेको छ । गीतमा कोरियोग्राफी सिमोन राजबंसीको रहेको छ।

फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र सलोन बस्नेत रहेका छन् । फिल्मको कथा सौगात र सलोनकै वरिपरि घुमेको छ । फिल्ममा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर, प्रवन भुसाललगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन सुसन प्रजापतिले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्म पुस १३ मा रिलिज हुनेछ ।