साउथ कोरियामा ‘चाङ्ग चेट’

नेपालमा चौथो हप्तामा प्रदर्शन भैरहेको फिल्म ‘चाङ्ग चेट’ साउथ कोरियामा प्रदर्शन भैरहेको छ । कार्तिक १६ बाट नै प्रदर्शनमा आएको दिपेन्द्र के खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतको अभिनय रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा छन् । प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन रहेको फिल्म दीर्घ खड्काको सम्पादन गरेका हुन् ।