भैरव सिक्वेल बनाउदै निखिल

निखिल उप्रेतीले फिल्म ‘भैरव’ को सिक्वेल बनाउने भएका छन् । उनी सफल फिल्म भैरवको सिक्वेलका लागि कथा तयार पार्दैछन् । करिव ५ बर्ष भारत बसेर फर्किएका निखिलले फिल्म ‘भैरव’ मार्फत सफल कम्ब्याक गरे पनि त्यस पछिका उनका फिल्म असफल नै रहे । फिल्म ‘कमिटमेन्ट’ त छायांकन गर्दा गर्दै नै रोकियो ।

भैरव सिक्वेलका लागि भने उनी नयाँ अनुहारको खोजीमा छन् । यस फिल्ममा भने उनी आफु नदेखिने तर  फिल्म निर्देशन भने आफैले गर्ने खबर प्राप्त भएको छ । फागुनबाट फ्लोरमा जाने फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिन निखिल  जोडतोडका साथ लागेका छन् ।