५१औं दिनमा ‘छक्का पन्जा ३’

देशभरका १३ हलमा फिल्म ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको छ । दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म काठमाण्डौका मल्टिप्लेक्सहरुमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ । फिल्म नेपाल लगायत विभिन्न देशमा प्रदर्शन भइरहेको छ । दिपाश्री निरौलाकै निर्देशन रहेको फिल्म ‘छक्का पन्जा’ले १०१ दिन र छक्का पन्जा २ ले ५१ दिनको रेकर्ड राखिसकेका छन् ।

दीपाश्री निरौलाले निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।