इन्टीमेट सिनले भरिएको द ब्रेकअप सङ ‘हरपल’

फिल्म ‘द ब्रेकअप’ को दोश्रो गीत ‘हरपल’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत बिराज गौतमको रहेको छ भने प्रकाश मल्लको शब्द रचना रहेको छ । गीतमा संगीत संयोजन बिशेष पाण्डेले गरेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केको रोमान्स रहेको छ ।

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।