रगतको होली खेल्दै प्रशान्त र शुशील (रणवीर टिजर)

आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रणवीर’  को टिजर सार्वजनिक भएको छ । एक मिनेट बाह्र सेकेन्डको टिजरमा हत्या, आक्रोस र बदलाका दृश्य र सम्बाद समेटिएको छ । यस अघि सार्वजनिक गरिएको यस फिल्मको फस्ट लुक पोस्टरमा समेत मुख्य कलाकार शुशिल सिटौलको एंग्री लुकलाई देखाइएको थियो ।

फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्ममा  एक्सन प्रधानको कथाबस्तुमा आधारित रहेको छ। एक्सन प्रधान फिल्ममा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट,  टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ । फिल्मको दुई वटा गीतबाहेक सबै छायाँकन सम्पन्न भएको छ ।