नेपालमा पहिलो पटक हाँस्यटेली अवार्ड हुदै

हाँस्य कलाकारहरुको सम्मान स्वरूप नेपालमै पहिलो ‘हास्य टेली अवार्ड २०७५’ आयोजना हुने भएको छ । अहिले सम्म टेलिभिजन र युट्युबमा प्रसाण भएका हास्य टेलिफिल्महरुलाई प्रोत्साहन गर्नका लागि हास्य टेली अवार्ड गर्न लागिएको हो ।

आगामी पौष ७ गते कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने अवार्डमा बिभिन्न १९ बिधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक कृष्ण पुलामी मगर ‘क्रिश’ ले जानकारी दिए । अवार्डमा सामेल हुन चाहनेहरुले आगामी मंसिर २५ गते सम्ममा आफ्ना टेलिफिल्मको डिजिटल प्रती सहित आबेदन दिन सक्ने छन् । अवार्ड ७५५ भोटको आधारमा र २५५ निर्णायक मन्डलको निर्णय अनुसार बितरण हुनेछ । नेपालमै पहिलो पल्ट आयोजना हुन लागेको हास्य टेली अवार्डलाई मलेसियामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको ‘फ्रेन्डसिप धमाका’ ले आयोजना गरेको हो ।