‘मदहोस’ को लिरिकल भिडियो सार्वजनिक

नेपाली फिल्म ‘मदहोस’ को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । गीतमा एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र सन्तोष प्रगाढको आवाज रहेको छ ।

फिल्ममा राजु पौडेल, सन्तोष श्रेष्ठ, श्रीस्टि भट्टराई, प्रियंका अधिकारि, दिपेन्द्र कोइराला, कशिश दाहाल, अस्मान तामांग, शुस्मा थिंग, सलिमा खड्का, शंकर कोइराला, निलम काफ्ले , अभि खनाल, हेमलता घिमिरे, दीपक अधिकारी लगायतको अभिनय रहने छ । विक्रम कार्किको छायाँकन, राजु शाहको नृत्य, देव महर्जनको द्धन्द्ध एस के अधिकारीको लेखन तथा निर्देशन फिल्ममा रहने छ । फिल्म राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्माण गर्न लागिएको हो ।