बुटवलमा ‘द्वारिका उदय सिनेमा’
- मेराेफिल्म
केहि समय अघि इटहरीमा फिल्म निर्माता छवीराज ओझा संग मिलेर सुबिधा सम्पन्न फिल्म हल निर्माण गरेका चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले बुटवलमा ‘द्वारिका उदय सिनेमा’ स्थापना गरेका छन् ।
उक्त हल लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स फेजमा निर्माण गरिएको छ । टु–डी तथा थ्री–डी स्क्रिन, सराउण्डिङ्ग साउण्ड सहितको हल यहि मङ्सिर २८ गते देखि सञ्चालनमा आउने सञ्चालक प्रदीपकुमार उदयले जानकारी दिए । बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुढृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएको भन्दै उनले बुटवलको राजमार्ग चौराहामा रहेको प्रधान हाईटमा उक्त फिल्म हल निर्माण गरिएको बताउछन् ।
२०७५ मंसिर २७ गते १४:३७ मा प्रकाशित
प्रतिक्रिया