फिल्म ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी…’

फिल्म ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र संगीत स्वयम् सिवाकोटीले नै दिएका छन् ।

केही दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु नायिका शुभेच्छा खड्कासँगै सुपुसा भट्ट नेपाली पहिरनमा देखिएका छन् । एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको गीत २५ लाख लागतमा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । लभ स्टोरी जनरामा निर्मित फिल्ममा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । फिल्म माघ १८ गते देखी प्रदर्शनमा आउँदै छ ।