रवि ओडकी आमाको मृत्यु

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएकी ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्याउँदा सम्म ओडको मृत्यु भइसकेको थियो । बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएको थियो । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ ।