गोपीको गीत ‘तेरो आफ्नो’ सार्वजनिक

फिल्म ‘गोपी’ को दोश्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक भएको छ । गीतमा शिव परियारको स्वर,  विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत रहेको छ । निर्माण टिमले यस अघि फिल्मको एक गीत, ट्रेलर र अफिसियल पोष्टर सार्वजनिक गरेको थियो ।

विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउतका साथ फिल्ममा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्म माघ १८बाट प्रदर्शनमा आउँदै छ ।