निर्माता मधुसुधन सिलवाल फरार

मनमा माया, जीवन रेखा, ए पण्डित बाजे, मेरो के गती हुने हो लगायत विभिन्न फिल्म निर्माण गरेका निर्माता मधुसुधन सिलवाललाई ठगी आरोप लागेको छ । विभिन्न बैंकहरुमा जमानत बस्दै अन्य ब्यक्तीहरुको नाममा कर्जा लिँदै उक्त कर्जा आँफैले लिने गरेका उनी हाल फरार छन् । सिलवाल र उनकी पत्नी गीता पुरी सिलवाल दुबै बैंङकिङ कसुरमा फरार सुचिमा छन् ।

कमल ज्ञवाली नामका अर्का ब्यक्तीसँग सिलवाल यसअघी पनि सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा समेत मुछिएका थिए । हाल फरार सुचिमा रहेका उनीहरुको खोजी कार्य तिब्र पारीएको छ । उनीहरु मार्फत नै कर्जा लिएका ऋणी कुलप्रसाद पोखरेल पक्राउ परेका छन् । उनले दिएको बयान अनूसार उनको नाममा कर्जा प्रवाह भएता पनि उक्त कर्जाको प्रयोग मधुसुधन सिलवाल र कमल ज्ञवालीले गरेका थिए ।