प्रतिष्ठानमा श्रेष्ठ र कर्माचार्य

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) नियुक्त भएका छन् । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का कुलपतिमा कान्छाकुमार कर्माचार्यलाई नियुक्त गरिएको छ ।

त्यस्तै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त भएका छन् ।

यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचायर्, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । उनीहरुको कार्यकाल चार वर्षको हुनेछ । दुबै प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्यसचिवले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका छन् ।