‘पिरतीको मिठो तिर्सना’ रिमेक सार्वजनिक

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’  को तुलसी घिमिरे निर्देशित फिल्म देउताको रिमेक गीत सार्वजनिक भएको छ । तत्कालिन समयमा निक्कै हिट हुन सफल ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत वीर विक्रम २ का लागि रिमेक गरिएको हो । रिमेक गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी फिचर्ड छन् । कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रचना तथा रन्जीत गजमेरको संगीत रहेको रिमेक गीतमा मेलिना राई र तारा प्रकाश लिम्बुले आवाज दिएका छन् । उक्त गीतको ओरिजिनल भर्सनमा भने इन्द्रजित मिजार र भारती घिमिरेको आवाज रहेको थियो ।

फिल्ममा बर्षा शिवाकोटी,पल शाह, नाजिर हुसेन लगायतको मुख्य भुमिका रहेको छ । यसका साथै  बुद्धि तामाङ, शिशिर राणा, क्षितिजा सुवेदी, विजय लामा लगायतको समेत अभिनय छ । यहि फिल्मबाट विनिशा भण्डारीले डेब्यु गर्दैछिन् । फिल्मलाई सुदिप बरालले खिचेका छन् भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफि, हिमाल केसीको द्धन्द, राजनराज शिवाकोटी, रंजित गजमेर र तारा प्रकाश लिम्बुको संगीत तथा बनिश शाहको सम्पादन रहेको छ ।