आशिरमान र शिल्पाको ‘द ब्रेकअप’ ट्रेलर सार्वजनिक

फिल्म ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्के बिचको माया प्रेम र बिछोड देखाइएको छ ।

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ ।

फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने छ ।