दाल भात तरकारीको ‘भिजिट भिसामा’

मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म दाल भात तरकारीको पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘भिजिट भिसामा’ बोलक्लो गीत सार्वजनिक गरिएको हो । हरिबंश आचार्यको शब्दमा शम्भुजित बास्कोटाको संगीत रहेको सार्वजनिक गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सुदन केसी निर्देशित यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ ।

फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । फिल्म बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।