‘क्याप्टेन’ ट्रेलर, फुटबल प्लेयर देखि भरिया र पेन्टरको भूमिकामा अनमोल

युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अनमोललाई केवल फुटबल प्लेयरको रुपमा मात्र प्रस्तुत गरिएको छैन् ।फुटबललाई आफ्नो जीवन मानेका एक पात्र (निशान खड्का)को भूमिकामा अनमोल प्रस्तुत भएका छन् ।

जीवनको फरक पाटोमा भरिया, कार वासर देखि पेन्टरसम्म बन्न पुगेका उनी पुन आफ्नो देशका निमित्त साफ फुटबल च्याम्पियनसिपमा गोल्ड मेडल भित्राउने उदेश्य सहित फुटबल मैदानमा फर्किन्छन् । यसैको वरिपरी फिल्मको कथा घुमेको अनुमान सार्वजनिक ट्रेलरबाट गर्न सकिन्छ ।

हाल सम्म नेपालले साफ च्याम्पियनसिप जित्न नसकेको, तर हरेक नेपाली फुटबल खेलाडी र फुटबल प्रेमीको चाहाना साफ च्याम्पियनसिपमा गोल्ड मेडल ल्याउनु हो । त्यसै कारण उक्त विषयलाई फिल्मको मुख्य कथा बनाइएको र फिल्मकै माध्यमबाट भए पनि नेपालले जितेको हेर्ने चाहाना पुरा हुने फिल्म निर्माण टिमको भनाई छ । फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा प्रशान्त ताम्राकार देखिएका छन् ।

भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् भने कार्यकारी निर्माता जिया केसी हुन् । फिल्ममा अनमोल र प्रशान्तसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, राजाराम पौडेल, बुद्धी तामाङ, विल्सन बिक्रम राई, अमित श्रेष्ठ, सुर्य माला खनाल लगायतको अभिनय रहेको छ ।

फिल्ममा निर्देशक दिवाकर भट्टराईसँगै सामिप्यराज तिमल्सेनाको कथा, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ राज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने छ ।