प्रदर्शनको संघारमा समर लभको ‘गुनासो छैन’

प्रदर्शन मिति नजिकिने क्रममा फिल्म समर लभको अर्को गीत ‘गुनासो छैन’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत संयोजन रिकेश गुरुङको रहेको छ भने शब्द संगीत पुष्पन प्रधानको छ । सुबिन भट्टराईको उपन्यास समर लभमा आधारित रहेर निर्माण गरिएको उक्त फिल्म माघ २५ बाट प्रदर्शनमा आउदैछ ।

फिल्ममा डेब्यु नायक आशिष पिया र रेवती क्षेत्रीसँगै अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ । फिल्ममा अतितको भूमिकामा आशिष, सायाको भूमिकामा रेवती प्रस्तुत भएकी छिन् भने अभिनेत्री नम्रता सापकोटाले सुष्मिताको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा सुरज सिंह ठकुरी पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ । सुबिनकै कथा रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले पटकथामा रुपान्तरण गरेका हुन् भने निर्देशन मुस्कान ढकालको रहेको छ । फिल्म फ्लोरमा गएको दुई वर्षपछि प्रदर्शनका लागि तयार भएको हो ।