साम्राज्ञी प्रेममा गम्भिर बनेकी हुन् त ?

सामान्य मानिसका लागि प्रेम सार्वजनिक गर्न त्यस्तो गाह्रो हुन्न । तर, कलाकार प्रेमलाई बाहिर नल्याउने मुडमा हुन्छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि प्रेमलाई बाहिर नल्याउने मुड पहिले बनाएकी थिइन् । तर, अहिले भने उनको मुड चेन्ज भएको छ ।

अहिले उनी व्यवसायी घरानाका देवांशु जंगबहादुर राणासँगको प्रेममा छिन् । यो प्रेमले उनलाई भुतुक्कै बनाएको छ । प्रेमले भुतुक्कै बनाएर नै होला, साम्राज्ञी मयंकसँगको प्रेममा भन्दा देवांशुसँगको प्रेममा बढी गम्भिर बनेको देखिन थालेको छ ।

मयंकसँगको प्रेम कहिले पनि स्विकार नगरेकी साम्राज्ञीले अहिले देवांशुको प्रेममा भने आफू डुब्न थालेको प्रष्ट पारिसकेकी छिन् । फिल्मका कार्यक्रममा समेत प्रेमीलाई लिएर जाने उनको बानी यसैको उदाहरण हो ।

साम्राज्ञीले आफ्नो इन्स्टामा पनि देवांशुसँग रमाउन थालेको तस्बिर राख्न थालेकी छिन् । यसले पनि उनी देवांशुसँग विना रोकतोक प्रेम गर्न चाहन्छिन् भन्ने थाहा लाग्छ ।

यो प्रेमको खबरले उनलाई फाइदा पनि भएको छ । तर, साम्राज्ञीले प्रेमलाई प्रचारको लागि भन्दा गम्भिरताको रुपमा  लिने हो भने फाइदा उनलाई नै छ । तर, प्रचारको लागि मात्र हो भने उनलाई लामो समयसम्मका लागि घाटा छ ।