तीन पोष्टरमा ‘पुरानो बुलेट’

फिल्म ‘पुरानो बुलेट’ को पोष्टर सार्वजनिक भएको छ । चैत १ बाट प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि निर्माण टिमले ३ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार अनुप बिक्रम शाही, वर्षा सिवाकोटी  र माला लिम्बुलाई फिचर्ड गरिएको छ ।

फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले यो फिल्म निर्देशन गरेका हुन् ।