‘फिङ्गर प्रिन्ट’ ट्रेलर

नवीन निरौला निर्देशीत सस्पेन्स थ्रिलर फिल्म ‘फिङ्गर प्रिन्ट’ को ट्रेलर सार्वजनीक भएको छ । नवीन कै लेखन र सम्पादन रहेको फिल्म फागुन १० गते प्रदर्शनमा आउने छ ।

कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी,  सरिता लामीछाने, राज क्षितिज,  रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायत कलाकारको अभिनय रहेको छ । शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउछन् । फिल्ममा दयाराम पाण्डेको गीत,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।