यात्राका ‘पाँच पन्छी’

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को गीत ‘पाँच पन्छी’ सार्वजनिक भएको छ । गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ भने मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ । सार्वजनिक गीतमा फिल्ममा मुख्य पाँच कलाकारहरुको जर्नी देखाइएको छ ।

चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा नायक सलिनमान बनिया भ्लगरको भूमिकामा देखिँदै छन् । फिल्ममा सलिनसँगै, सलोन बस्नेत, मल्लिका महत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतसंगै बालकलाकारहरु अंकित संग्रौला र एन्जल राईको अभिनय रहेको छ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।