आना एक्लै दौडिएर केही होला र?

अभिनेत्री आना शर्माका लागि चैत्र १ गतेबाट रिलिज हुने फिल्म द म्यान फ्रम काठमाण्डौ विशेष छ । फिल्ममा कम काम गर्ने आनाका लागि यो फिल्म चलेमा उनको माग पनि फिल्म क्षेत्रमा बढ्नेछ ।

तर, फिल्म रिलिज हुन करिब १५ दिन बाँकी रहेको समयमा यो फिल्मका निर्माता तातेका छैनन् भन्दा हुन्छ ।

फिल्मको पब्लिसिटीमा आना भने कुद्न थालेकी छिन् । आनाले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको प्रचारमा व्यस्त भनेर भिडियो नै अपलोड गरेकी छिन् ।

नेपाली र अंग्रेजी भाषामा बनेको यो फिल्मलाई क्यूएफएक्सका मालिक नकिम उद्दिनले बनाएका हुन् । नकिम आफैमा पनि फिल्मको बारेमा धेरै वुझेका निर्माता हुन् ।

तर, यसपटक उनको फिल्मले हाइप बनाउने कुरामा उनी किन मौन छन् वुझ्न सकिएको छैन ।

आना शर्मा नै केन्द्रमा रहेको यो फिल्मले दर्शक कस्तो तान्छ, चैत्र १ गतेसम्म कुरौ । तर, फिल्मको निर्माता नतात्ने, आना मात्र तातेर प्रचार कस्तो होला ?

यो त ताप्के नतात्ने, विड मात्र तात्ने जस्तो भएन र रु यसरी त दुध उम्लिदैन होला नी ।